काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
अ+
अ-

सर्लाही। राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन्। सर्लाही ३ बाट दिएको उम्मेदवारी फिर्ता लिएको उनले घोषणा गरेका हुन्।

दाहालले सर्लाहीको बागमतीमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने बताए।

राजेन्द्र महतो नेतृत्वको पार्टीबाट ‘जाँतो’ चुनाव चिह्नमा उम्मेदवारी दिएका दाहालले आफू र आफ्नो पार्टीको सम्पूर्ण टिम कांग्रेस उम्मेदवार खनालको पक्षमा उभिने स्पष्ट पारे।

“मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु, अब म र मेरो पार्टीका तर्फबाट कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई पूर्ण समर्थन रहनेछ,” दाहालले बताए।

कार्यक्रममा कांग्रेस उम्मेदवार खनालले दाहालको निर्णयप्रति आभार व्यक्त गर्दै यसले लोकतान्त्रिक शक्तिहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा कांग्रेसका जिल्ला सचिव निरोज कार्की, हरिवन नगर सभापति रामशरण उप्रेतीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।