काठमाडौँ
००:००:००
१४ फाल्गुन २०८२, बिहीबार

१४ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। वर्ल्ड जुनियर टेनिस कम्पिटिसन प्रिक्वालिफाइङ (डब्ल्यूजेटीसी) मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन्। यू-१४ उमेरसमूहको प्रतियोगिता भियतनाममा हुनेछ।

ब्वाइजमा सभ्यजंग कार्की, विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा गर्ल्समा सारा पन्त, एरा खत्री र स्वराह थापाले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा कुमार अधिकारी छन्।

गर्ल्सको प्रतियोगिता मार्च २ देखि ७ तारिखसम्म हुनेछ। प्रशिक्षकसहित टोली शुक्रबार जानेछ। ब्वाइजको प्रतिस्पर्धा मार्च ९ देखि १४ तारिखसम्म हुनेछ।

टोली मार्च ६ तारिख जाने कार्यक्रम छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।