१६ फाल्गुन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो शुक्रबार र शनिबार देशका विभिन्न भागमा गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको जनाएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ‚ चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

अभियुक्तबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

यसैबीच गस्तीमा रहेको प्रहरीले गोरखा, ताप्लेजुङ र कपिलवस्तुमा तीनजनाको शव फेला परिएको जनाइएको छ ।