१६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। कुवेत र इराकमा रहेका नेपालीलाई सतर्क भएर बस्न र सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न कुवेतस्थित नेपाली राजदूतावासले नेपालीलाई आग्रह गरेको छ।

कुवेत र इराकमा रहने सम्पूर्ण नेपाली नागरिकलाई कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाईका साथ पालना गर्न दूतावासले भनेको छ।

“सकेसम्म घरभित्रै बस्न, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्न, सतर्क रहन, आ-आफ्नो स्थानहरूमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनु होला,” दूतावासले भनेको छ, “हाल कुवेतको हवाई क्षेत्र बन्द रहेको हुँदा कुवेतबाट बाहिरिने तथा कुवेत आउने हवाई यात्रुले सम्बन्धित वायुसेवा प्रदायकसँग सम्पर्क गरी यात्राको अवस्था यकिन गर्नुहोला।”

स्थानीय समाचार अलर्ट र सरकारी आधिकारिक निर्देशनबारे सुसूचित रहन र सुरक्षित रहने उपाय र निर्देशनका सम्बन्धमा आ-आफ्ना कम्पनीका निर्देशनबारे जानकारी राख्न दूतावासको आग्रह छ।