काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

रौतहट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेसित मिलेर सरकार बनाएर गल्ती गरिएको बताएका छन्।

रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसले गरेको कार्यक्रममा थापाले विगतमा कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यलाई गलत भनेका हुन्।

उनले संसद्‍मा ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री चाहिएको र २२ सिट भएको रास्वपालाई गृहमन्त्री चाहिएका बेला कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा झन् धेरै त्रुटि भएको बताए।

कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएको भन्दै थापाले भने, “अहिले कसैले फुर्ती नलगाए हुन्छ।’ थापा सर्लाही ४ बाट उम्मेदवार छन्।