निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकामार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाता शिक्षा अभियान प्रभावकारी रहेको बताइन् । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामै मतदाता शिक्षा प्रदान गरिएको उनले जानकारी दिइन् ।
“मतदाता शिक्षा र सूचना सम्प्रेषणलाई चुस्त–दुरुस्त बनाउन हामीले सूचना सम्प्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा शाखाले आवश्यक सामग्री निर्माण तथा सूचना सम्प्रेषण गर्ने काम गरिरहेका छन् ।,’
आयोगले मतदाता शिक्षाको प्रभावकारिता अनुगमन गर्न ७५३ वटै स्थानीय तहमा अनुगमनकर्तासमेत खटाएको थियो ।




