काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलाको ५ हजार छ सय रुपैयाँले बढेर तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको २४५ रुपैयाँले बढेर तोलाको ५९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ५७४० रुपैयाँमा कारोबार भएको थियो।