काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

१७ फाल्गुन २०८२
निर्वाचन आयोगका सह-प्रवक्ता सीता पुन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार यही ३ फागुनदेखि सुरु भएको मतदाता शिक्षा आजसम्म देशभरका ७५३ स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो। हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सम्पन्न भएको आयोगका सह-प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्।

त्यसक्रममा मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको उनको भनाइ छ।

मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरणसमेत गरेको थियो।

सहायक प्रवक्ता श्रीशले मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने क्रम जारिरहेको बताइन्।