काठमाडौँ। कतारले आफ्ना महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा इरानले ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशका प्रमुख औद्योगिक मेसाइएदस्थित एक विद्युत् केन्द्रको पानी ट्यांकीलाई र रस लाफान इन्डस्ट्रियल सिटीमा अवस्थित इनर्जीसँग सम्बन्धित ऊर्जा पूर्वाधारमा श्वटा ड्रोन आक्रमण भएको जनाएको छ।
मन्त्रालयले ड्रोन आक्रमण कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ। आक्रमणबाट भएको भौतिक क्षतिको अहिले प्राविधिक मूल्यांकन भइरहेको र यसबारे विस्तृत विवरण पछि सार्वजनिक गरिने जानकारी दिइएको छ।
कतारको राज्य सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले रस लाफानमा इरानी आक्रमणपछि प्राकृतिक ग्यासको उत्पादन बन्द गरेको छ। अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार कतार विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्यास निर्यातकर्तामध्ये एक हो। जसले विश्वव्यापी निर्यातको लगभग २० प्रतिशत ओगटेको छ।
इरानमाथि अमेरिकी र इजरायली आक्रमण तीव्र हुँदै जाँदा खाडी क्षेत्रमा हताहत हुनेको संख्या र क्षति बढ्दै गएको छ।
मध्यपूर्वमा बढ्दो इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको घटनाले विश्वव्यापी ऊर्जा सुरक्षाप्रति थप चिन्ता बढाएको विश्लेषकहरूको भनाइ छ। खाडी क्षेत्रको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजार र आपूर्ति शृंखलामा पार्न सक्ने प्रभावलाई लिएरसमेत अहिले विभिन्न आशंका व्यक्त गरिएका छन्।