काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

१९ फाल्गुन २०८२
सबै तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। जनकपुरधाम नगर क्षेत्रमा अन्तर्गृह हुँदै मिथिलाको माध्यमिकी परिक्रमा सम्पन्न भएको छ। मिथिलाको धार्मिक-सांस्कृतिक धरोहर मानिने मिथिला मध्यमा परिक्रमा आज १६औँ दिन अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरी सम्पन्न गरिएको हो।

फागुन औँसीदेखि सुरु भएको १५ रात्रिविश्रामको यो ऐतिहासिक यात्रा जनकपुरधामको रंगभूमि मैदानमा १५औँ दिनको वास बसेपछि मंगलबार मध्यरात कटेसँगै अन्तिम चरणमा प्रवेश गरेको हो।

परम्पराअनुसार १५ स्थानमा रात्रिविश्राम गरी १६औँ दिन पञ्चकोशी परिक्रमा पूरा गरेपछि मात्र मध्यमा यात्रा सम्पन्न भएको मानिन्छ। श्रद्धालुहरू होलिका दहनपछि बाँकी रहेको खरानी उडाउँदै अन्तर्गृहको एक फन्को लगाएर अन्त्यमा पवित्र गंगासागर कुण्डमा स्नान गरी यस वर्षको परिक्रमा विधिवत् टुंग्याउँदै छन्।

मिथिला माध्यमिकी परिक्रमामा भगवान् मिथिला बिहारी र किशोरीजीको डोलाले प्रतिनिधित्व गर्ने गरिएको छ। श्रद्धालुहरूले लामबद्ध भएर भगवान्‌को भजनकीर्तन गर्दै परिक्रमा गर्ने चलन छ।

अन्तर्गृह परिक्रमा सकेको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ।

हेर्नुहोस् तस्बिरमा :