काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

प्रतिनिधिसभा निर्वाचन

२४ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। पछिल्लो निर्वाचनमा मधेस प्रदेशबाट राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाखको हाराहारीमा मत प्राप्त गरेका थिए।

२०८२ को निर्वाचनको परिणाम आउँदा मधेसमा ३२ कै ३१ सिटमा रास्वपाले क्लिनस्वीप पर्छ भन्ने कसैले सोचेका पनि थिएन। रास्वपाको आफनै आँकलन पनि थिएन।

मधेसका नेताहरुले मधेसमा  आफ्नै दल ठूलो दल बन्ने बताईरहेका थिए। पार्टीले आन्तरिक रुपमा ६ देखि १० सिट जित्ने अनुमान गरेका थिए। मधेसले यस पटक मधेसी प्रधानमन्त्री बन्दैछन् भनेर दिल खोलेर साथ र सहयोग दिए।

मधेसमा रहेको ३२ सिट मध्ये ३० वटै सिटले सहयोग गरेको छ जो नेपालको इतिहासमा यस खालको परिणाम कमै आएको छ।

धनुषा १ मा उम्मेदवार रहेका किसोरी साह कमल कालो सुचिमा परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। तर मत पत्रबाट चिन्ह हटाएका छैन सो चिन्हमा परेको मतलाई बदर मानिएका छन तर सो क्षेत्रमा बदर मतको संख्या पनि उच्च रहेको छ अर्थात जिति रहेको उम्मेदवार भन्दा कयौं गुणाबढी रहेका छन्। अर्को रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले २९ हजार ५२८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए। नव निर्वाचित डा आलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरे। सो क्षेत्रको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ मत पाए। उनि मधेसबाट जित्ने पार्टीका एक्ला सांसद हुन्।

निर्वाचनको मिति घोषणा भएसँगै मधेस शान्त थियो। मधेस यसरी रास्वपाको पक्षमा जान्छ भन्ने कसैले कल्पना गरेका थिएनन्।

निर्वाचनको उम्मेदवारी दर्ताको एक दिन पुर्व मधेसबाट रास्वपाले आफनो परिवर्तनको उद्घोष गर्दै जनकपुरधामको तिरहुतिया गाछीमा बालेन्द्र शाहको उपस्थितिमा सभाको आयोजना गरियो। त्यो पुर्व पार्टीले बालेन्द्रलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिसकेका थिए।

तिरहुयिा गाछीमा मैथिली भाषामा भाषण गर्दै बालेन्द्रले ‘मधेसको छौरा’ भन्दै मधेसी जनताको मन छुनेगरि भाषण दिए। सोही ठाउँमा नारा दिइयो ‘चुपचाप घण्टी छाप’। त्यो नारा यति प्रभावकारी बन्यो कि मधेसले पुरैको पुरै साथ दियो।

सबैले भने अन्य दललाई धेरै पटक हेरे एक पटक यसलाई पनि हेरौँ, युवादेखि वृद्धसम्म सबैले आफनो मतको झोला बालेनको पक्षमा खन्याए।उनिहरुको लागि क्षेत्रको उम्मेदवार भन्दापनि केन्द्रमा बालेन थियो। क्षेत्रको उम्मेदवारको अनुहार नहेरेर बालेनको अनुहारमा मत दिए।

महोत्तरीको एकडारा घर पुर्खौली घर भएका बालेन झापाबाट निर्वाचन लड्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै आफनो संसदीय राजनिति तय गरेका छन्।

मधेसको ३२ सिट मध्ये रास्वपाले २० सिट जिति सकेका छन् भने १० सिटमा सिटमा सो पार्टी निकै अगाडि छन्। जहाँ विपक्षीलाई पन्छयाउन निकै चुनौती छ।

रास्वपाले इतिहासमा पहिलो पटक मधेसको व्यक्ति प्रधानमन्त्री बन्दै भन्ने नाराले मधेसको मन जित्न सफल भएको छ। अहिलेको मधेसमा आएको रास्वपाको लहरले त्यही नै देखाएको छ।