काठमाडौँ। ललितपुर-१६ नागबहालमा २५७०औँ बुद्ध जयन्ती हीरक समारोह सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा समारोहमा सम्पन्न भएको हो।
हिराकाजी शाक्यको अध्यक्षतामा ३३ सदस्यीय सल्लाहकार समिति, १९ वटा विभिन्न उपकमिटी र विभिन्न टोलका प्रतिनिधि सम्मिलित २५७० बौद्ध जयन्ती हीरक समारोह मूल समिति गठन गरिएको थियो। यस वर्षको बुद्धजयन्ती हिरण्यवर्ण महाविहार तारेमाम संघ, नागबहालले हीरक समारोहका रुपमा मनाउने निर्णय गरेको थियो।
राणाशासन विरुद्धको संघर्षपछि ललितपुरको नागबहालबाट सुरु भएको बुद्धजयन्ती मनाउने परम्परा यस वर्ष ७५ वर्ष पुगेको छ।
यसवर्ष विविध कार्यक्रम आयोजना गरी सप्ताहव्यापी बुद्ध जयन्ती मनाउन लागिएको समारोह समितिका महासचिव विकासरत्न धाख्वाःले पत्रकार भेटघाटमा जानकारी दिएका थिए।
महासचिव धाख्वाःका अनुसार सप्ताहव्यापी कार्यक्रम १२ बैशाख शनिबार सुरु भएको थियो। प्रचवन, क्यान्सर रोग शिविर, रक्तदान, बौद्ध ग्रन्थ तथा कला प्रदर्शनी, भिक्षुसंघ, अनागारिका गुरुमांहरुलाई भोजनदान, ज्ञानमाला भजन, दाफा भजन गरि १७ बैशाख विहीबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा बृहत बौद्ध सभा सम्पन्न भएको आयोजकले जनाएको छ।
हेर्नुहोस् तस्बिरहरू :
