फोटो कथा
काठमाडौँ। सरकारले काठमाडौँ महानगरपालिका-१० धोबीखोला क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लगाएको छ।
शनिबार र आइतबार उक्त क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरू भत्काइएका हुन्। त्यसक्रममा ठूलो संख्यामा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी परिचालित थिए।
धोबीखोलामा सार्वजनिक जग्गा मिचेर बनाइएको साततले घर पनि भत्काइएको छ। उक्त घरमा, रेस्टुरेन्ट, बार, स्पालगायत विभिन्न व्यवसाय सञ्चालनमा थिए।
सरकारले देशैभरिका सुकुम्बासी बस्ती र सरकारी जग्गामा अतिक्रमण गरी बनाइएका संरचना भत्काउने अभियान नै चलाएको छ।
पहिलो चरणमा काठमाडौँका थापाथली, सिनामंगल-गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारमा बनेका अवैध संरचना हटाइएको थियो।
हेर्नुहोस् तस्बिहरू :


