काठमाडौँ। ‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक महिला पक्राउ परेकी छन्।
प्रहरीले ललितपुर महानगरपालिका २‚ सानेपा अरुण थापा चोकस्थित ‘शुकल्प स्पा एन्ड थेरापी’ की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका ३ की सुमन कुमाललाई पक्राउ गरेको हो।
निजले स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकको इच्छाअनुसार अनैतिक कार्य गराइरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
निजउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।