संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले गत जुन –४ मा लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का सर्बियाली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेका छन्।
सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै मोर्टारको गोलीले प्रहार गर्दा गम्भीर घाइते भएका शान्तिर(क्षकको उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जना शान्तिरक्षकहरू घाइते भएको जनाएको छ।
परिषद्का सदस्यहरूले संयुक्त राष्ट्र सङ्घलाई युनिफिल मार्फत आक्रमणको द्रुत अनुसन्धान गर्न आह्वान गर्दै आक्रमणका जिम्मेवार व्यक्तीहरूलाई ढिलाइ नगरी कार्वाहि गर्न र जवाफदेही बनाउन आह्वान गरेका छन्।
पछिल्लो समयमा द्धन्द्ध बढे पछि दक्षिणी लेबनानमा आफ्नो कर्तव्य निर्वाह गर्दा– गर्दै सात जना युनिफिलका शान्तिरक्षकहरूले मृत्यु वरण गर्नु का साथै अन्य धेरै घाइते भएको जनाइएको छ।
परिषद्का सदस्यहरूले युनिफिलका लागि आफ्नो पूर्ण समर्थन रहेको पुष्टि गर्दै युनिफिलका कर्मचारी र परिसरको सुरक्षाका साथसाथै मिसनको आवागमनको स्वतन्त्रतालाई सम्मान गर्न सबै पक्षहरूलाई आग्रह गरेका छन्।
सदस्यहरूले लेबनानको सार्वभौमिकता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताका लागि आफ्नो प्रतिबद्धतासमेत दोहोर्याएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई लेबनानी सशस्त्र बललाई उपकरण, सामग्री र वित्त लगायत सहयोगलाई तीव्र बनाउन, लिटानी नदीको दक्षिणमा उनीहरूको प्रभावकारी र दिगो तैनाती सुनिश्चित गर्न र सुरक्षा परिषद्को प्रस्ताव –१७०१ कार्यान्वयन गर्न उनीहरूको क्षमता बढाउन आह्वान गरेका छन्।
पछिल्लो समयमा शत्रुता बढेको विषयमा चिन्ता व्यक्त गर्दै परिषद्ले सबै पक्षहरूलाई तुरुन्तै शत्रुता अन्त्य गर्न, जुन –३ को युद्धविरामको सम्मान गर्न र सुरक्षा परिषद्को प्रस्ताव –१७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।