काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२ असार २०८३
अ+
अ-

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन।

मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ।

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ।

दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त “रिंग अफ फायर“ लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ।

यसअघि सन् २०१८ मा पालूमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीका दुइ हजार २०० भन्दा बढीको ज्यान गएको थियो।