काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

६ असार २०८३
अ+
अ-

काठमाडौं। रास्वपाका सभापति रवि लामिछाने चितवन पुगेका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सभापति लामिछाने शनिवार चितवन पुगेका हुन्।

महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ। लामिछानेले आजै वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक चितवनमै राखेका छन्।

बैठकमा महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधनलगायतको विषयमा छलफल हुने जनाइएको छ।