काठमाडौँ। फिफा विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा इङ्ल्यान्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ।
समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेले।
समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए।
विश्वकप प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो।