काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यावसायिक क्षेत्रलाई मानवअधिकार तथा उपभोक्ता अधिकारप्रति उत्तरदायित्व बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

आयोगले बुधबार काठमाडौँमा गरेको व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय संवादमा व्यवसाय सञ्चालन गर्दा नागरिकको हकअधिकारको रक्षा हुनुपर्ने उनको भनाइ छ। उनले यसका लागि जनचेतना अभिवृद्धि गर्नुपर्ने र व्यावसायिक क्षेत्रलाई जवाफदेही बनाउन आवश्यक रहेको धारणा राखे।

व्यवसाय, व्यावसायिक गतिविधिसँग सम्बन्धित वातावरण संरक्षण तथा आदिवासी समुदायका अधिकारप्रति सचेतना अभिवृद्धिका लागि सम्बन्धित निकायलाई उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ। उनले मानवअधिकार रक्षाका लागि कडा कानुन आवश्यक रहेको बताए।

कार्यक्रममा आयोगले व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजनाका विषयमा संघ, प्रदेश र ७५३ स्थानीय तहबाट आयोगले अनुमगन गरी प्रतिवेदन तयार गरिरहेको जानकारी दिए।