काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
धीरज सेठ। तस्बिर : एएनआई
अ+
अ-

नयाँदिल्ली। भारतको सेना प्रमुखको जिम्मेवारी धीरज सेठले सम्हालेका छन्।

भारतको ३१औँ सेना प्रमुख बनेका सेठले आज (मंगलबार) जिम्मेवारी सम्हालेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्।

उनले ४० वर्षभन्दा बढी समय सेनामा सेवा गरेर अवकाश लिएका जनरल उपेन्द्र द्विवेदीको स्थान सम्हालेका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सेठ राष्ट्रिय रक्षा प्रतिष्ठान (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्। सेना प्रमुखको पद ग्रहण गर्नुअघि उनले सेना उपप्रमुखका रूपमा पनि जिम्मेवारीवहन गरेका थिए।