काठमाडौँ। सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्न अस्विकार गर्दै व्यवसायी दीपक भट्ट जोडिएका मुद्दाका फाइल मगाउने आदेश गरेको छ।
मंगलबार न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले पौडेल जोडिएका दीपक भट्ट, सुलभ अग्रवाल सम्बन्धित मिसिलहरु मगाउने आदेश गरेको हो।
पौडेलकी पत्नी दोमायाले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै १० असारमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्। तर, सर्वोच्चले यस अघि पनि कारण देखाऊ आदेश जारी गरेको थियो।
यता विशेष अदालतले १५ असारमा पौडेललाई ३ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपेको थियो। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई म्याद थप गरेको हो। शुरुमा ७ दिनको म्याद दिएको अदालतले अहिले तीन दिन थपेको हो।