काठमाडौँ। प्रदर्शनीमा मास्टर्स इन फाइन आर्ट (एमएफए) का २० कलाकारका मौलिक कलाकृति प्रस्तुत गरिएका छन्।
प्रदर्शनीमा चित्रकला, मूर्तिकला, प्रिन्टमेकिङ, भिडियो आर्ट, इन्स्टलेसन तथा पर्फर्मेन्स (न्यु मिडिया कला) लगायत विभिन्न विधाका सिर्जना समावेश छन्।
‘समवेत’ शीर्षकले विविध सोच, फरक पृष्ठभूमि र कलात्मक दृष्टिकोण भएका कलाकारहरू एउटै साझा मञ्चमा भेला भई आफ्ना सिर्जनामार्फत संवाद गर्ने अवधारणालाई प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ।
प्रदर्शनी १७ देखि २० असारसम्म सञ्चालन हुनेछ। हेर्नुहोस् थप तस्बिर :
