काठमाडौँ। नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीहरूको सरुवा गरेको हो।
मन्त्रिपरिषदको सचिवालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ उपत्यका प्रहरी, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान र विभागहरूमा एआईजी फेरिएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्य विभागमा कार्यरत उमाप्रसाद चतुर्वेदी सरुवा भएका छन्। सीआईबीमा कार्यरत मनोजकुमार केसीको अपराध अनुसन्धान विभाग सरुवा भएको छ।
मानव स्रोत विभागका राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रतिष्ठानका सिद्धिविक्रम शाह कार्य विभाग, अपराध अनुसन्धान कार्यालयका सुशीलसिंह राठौर उपत्यका प्रहरी कार्यालय सरुवा भएका छन्।
यसैगरी, प्रदेश समन्वय विभागमा कार्यरत् डम्बरबहादुर विक प्रशासन, प्रशासन विभागका हिमालय श्रेष्ठ देश समन्वय विभागमा र उपत्यका प्रहरी कार्यालयका ईश्वर कार्की मानव स्रोत विभागमा सरुवा भएका छन्।