काठमाडौं। गएराति देखि परेको वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ। सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर पुग्न् सकेको छैन। सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन्।