काठमाडौँ
००:००:००
२१ असार २०८३, आईतवार

२१ असार २०८३
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा उनले वालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए।

उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुनविपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गरे। सभापति थापाले राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे। सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए।

उनले सय दिन भित्र सरकारले विश्वास जगाउने नभएर आशंका जगाउने काम गरेको बताउँदै जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दाबीसमेत गरे।