काठमाडौँ
००:००:००
२४ असार २०८३, बुधबार

२४ असार २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ। तस्बिर : सरोकार
अ+
अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न नियामक निकायलाई निर्देशन दिइएको बताएका छन्।

काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा उनले विद्युत्‌को उत्पादनमा मात्र ध्यान नदिई माग बढाउनेतर्फ योजनाबद्ध रूपमा लाग्नुपर्ने आवश्यकता रहेको बताए। उनले आन्तरिक खपत बढाउन आवश्यक नीतिगत सुधारका योजना तयार पार्न पनि नियामक निकायलाई निर्देशन दिइएको जानकारी दिए।

उनले विद्युत् उत्पादनलाई समेत प्राथमिकतामा राख्दै ग्रिडमा थपिँदै गएको नयाँ क्षमतालाई दीर्घकालीन रूपमा व्यवस्थापन र खपत गर्ने भन्नेबारे मन्त्रालय गम्भीर रहेको धारणा राखे।

विद्युत् आपूर्तिमा अवरोध र बारम्बार बत्ती जाने समस्या देखिने गरेकाले मजबुत र भरपर्दो व्यवस्थापन गर्न आफूले निर्देशन दिएको उनले बताए।

मन्त्री श्रेष्ठले भारत र बांग्लादेश मात्रै नभई भविष्यमा म्यान्मार र थाइल्यान्डजस्ता पूर्वी एसियाली बजारहरूसम्म पनि नेपाली विद्युत् पुर्‍याउने सोच राखिएको उल्लेख गरे।