काठमाडौँ। फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्ड विरुद्ध सुरुवाती अग्रता लिएको छ।
अमेरिकामा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका हुन्।
कप्तान लियोनेल मेस्सीको नेतृत्वमा मैदानमा उत्रिएको अर्जेन्टिनाले खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाउँदै स्विट्जरल्यान्ड टोलीमाथि कडा दबाब सिर्जना गरिरहेको छ।
प्रारम्भिक समयमै अग्रता लिन सफल भएसँगै अर्जेन्टिनाले आफ्नो सेमिफाइनल यात्रातर्फ बलियो संकेत दिएको छ।