काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

४ श्रावण २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको गाडी र सिटी सफारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मेचीनगर १५‚ कालिकास्थित भित्री सडकमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र.०१-००२ झ ७३६० नम्बरको गाडी सोमबार ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा यात्रारत एक महिलाको मृत्यु भएको हो।

दुर्घटनामा मेचीनगर १५ की ४० वर्षीया आरती उराऊ सख्त घाइते भएकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

दुर्घटनापछि गाडी चालक भद्रपुर नगरपालिका १० का ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर ६ का ४५ वर्षीय गम्भीरप्रसाद बाँतरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अवाले बताए।