काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

चितवन। भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ। कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ।

कारागार प्रमुख चेतनाथ ढुंगानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए। सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ।

यहाँबाट भीमफेदी कारागारमा ५३, नुवाकोटमा २६, जगन्नाथ देवलमा छ, कपिलवस्तुमा १७, कास्कीमा सात, स्याङ्जामा चार, नख्खु, ललितपुर र नेपालगन्जमा क्रमशः एक/एक जना कैदी स्थानान्तरण भएका छन्।

हाल महिला ४०, र पुरुष ६७७ गरी कुल ७१७ कैदीबन्दी रहेका छन्। सो कारागारमा महिला ३० र पुरुष ४७५ गरी कुल ५०५ व्यक्ति अट्ने रहेको छ। क्षमताभन्दा अधिक कैदीबन्दी हुँदा बस्ने ठाउँको अभाव र सरसफाइमा कठिनाइ बन्छ।