काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
अ+
अ-

धनगढी । विभिन्न माग राख्दै बिहीबारदेखि सत्याग्रमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारबीच वार्ता सुरु भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइतबार वार्ता सुरु भएको हो।

सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।

केसीले आफ्ना मागबाट पछि नहट्ने स्पष्ट अडान राखेकाले वार्ता पनि त्यसैअनुसार अघि बढेको उनले बताए।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा शिक्षा-सचिव चूडामणि पौडेल सहभागी छन्। केसीको तर्फबाट डा. अमृत जैशी र पवन थापा वार्तामा सहभागी भएका छन्। यस्तै रास्वपाका सांसद पुकार बम पनि वार्तामा सहभागी छन्।

केसीले गेटा मेडिकल विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षाको छात्रवृत्ति कोटा बढाउनुपर्नेलगायत माग राखेर सत्याग्रह थालेका हुन्।