काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन–जी आन्दोलनसँगै बढेको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सङ्खुवासभा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको आदेशअनुसार आज साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ।

कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ।