काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौँ। एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई पराजित गरेको छ।

हङकङले दिएको १४४ रनको लक्ष्य पछाएको बंगलादेशले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कप्तान लिट्टन दासले अर्धशतकसहित ५९ रन योगदान दिए भने तौहिद हृदयोयले ३५ रन बनाए। बलिङतर्फ हङकङका अतीक इकबालले दुई र आयुष शुक्लाले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले सात विकेटको क्षतिमा १४३ रनको योगफल तयार पारेको थियो। उसका लागि निजाकत खानले ४२ तथा जीशान अलीले ३० रन जोडे। बङ्गलादेशका तस्किन अहमद, तन्जिम हसन साकिब र रिशाद हुसेनले समान दुई–दुई विकेट लिएका थिए।