काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए। उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए।

त्यस्तै केन्द्रीय सचिवालयले ‘अनलाइन’ प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव सङ्कलन गरिरहेको केन्द्रीय कार्यालय सचिव अधिकारीको भनाइ छ।

केन्द्रीय सचिवालय बैठकले सबैतिरबाट आएका समीक्षासहित केन्द्रीय कमिटी बैठकमा पनि समीक्षा गरेर पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने उनले उल्लेख गरे। एमालेले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नौ सिटमा मात्र जित हासिल गरेको थियो।