काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

आचार्यको नेतृत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति‚ सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति

८ बैशाख २०८३
सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिना।
अ+
अ-

काठमाडौँ। सरकारले विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ।

सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले प्युठानका आचार्यलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। समिति सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्त गरिएको छ।

तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ। समिति सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल छन्।

यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।