काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सीता न्यौपानेसँग सात सवाल

४ आश्विन २०८२
अ+
अ-

सीता न्यौपाने नयाँ पुस्ताकी सशक्त स्ट्यान्ड-अप कमेडियन हुन्। सामाजिक विकृति र समसामयिक विषयलाई हास्यरसमा घोलेर दर्शक-श्रोतामाझ प्रस्तुत गर्न खप्पिस उनका प्रस्तुतिहरू युट्युबमा हिट छन्। २०८२ सालको गाईजात्रामा महिलाका पीडा र विद्रोहमिश्रित उनको प्रस्तुति निकै रुचाइएको थियो।

टिकटकको संसारलाई एक वाक्यमा भन्नुस् न

फिल्टर गरेर हेर्न सक्यो भने टिकटक कला देखाउने प्लाटफर्म, पीडित व्यक्तिले सजिलै दु:ख पोख्न सक्ने ठाउँ, व्यवसायको सजिलो माध्यम, सिप सिक्न मिल्ने ठाउँ हो।

टिकटक हेर्दाहेर्दै खाना खान बिर्सने, शौचालय जान बिर्सने पनि हुन्छ रे नि? तपाईंको अनुभव?

खान त के बिर्सिन्थेँ र शौचालय गएपछि फ्लस गर्न चाहिँ बिर्सेकी छु।

तपाईं अरूलाई हँसाउनुहुन्छ, टिकटकमा तपाईंलाई कस्तो सामग्रीले हँसाउँछ?

अर्गानिक कन्टेन्ट, घर घरका लफडा ट्याकल गर्ने शैलीका रमाइला भिडियो हेरेर हाँस्छु।  

टिकटकमा जोडी बनेर भिडियो बनाउन पाउनुभयो भने कुन हिरो रोज्नुहुन्छ?

मेरो ‘ड्रिमबोइ’ सौगात मल्ल।

टिकटक हेरेकोहेर्‍यै गर्दा महत्त्वपूर्ण काम बिग्रेर आफैँलाई गाली गरेको क्षण?

एउटा महत्त्वपूर्ण मिटिङमा जानुपर्ने थियो। ‘म्याम कहाँ पुग्नुभो?’ भनेर उताबाट फोन आउँदासम्म म त टिकटकमै झुन्डिरहेकी थिएँ।

बेलाबेला सामाजिक सञ्जाल बन्द गर्ने सरकारलाई के भन्न चाहनुहुन्छ?

भ्रष्टाचार पो हो बन्द हुनुपर्ने! दुनियाँको रोजीरोटी चलाइरहेको प्लाटफर्म बन्द गर्नु ठीक होइन।  

टिकटक चलाउँदिनँ भनेर अहिलेसम्म कतिपटक कसम खानुभयो?

दुईतीन पटक खाएँ होला। अचेल त साथी हो टिकटक, हाँस्नेरुने साथी भइसक्यो। देशविदेशमा भएका ताजा अपडेट यहीँ आउँछ।