काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज बिहीबार नेपाल र इरानबीच पहिलो सेमिफाइनल खेल हुँदैँछ ।

आज बिहीबार साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ।

समूह चरणको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो। दोस्रो खेलमा कीर्गिस्तान र समूह चरणको अन्तिम खेलमा मालदिभ्समाथि समान ३–० को सेटमा नेपाल विजयी भएको थियो।

आजै हुने पहिलो सेमिफाइनल खेलमा भारत र कजाकिस्तान भिड्दै छन्। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

नेपाली टिममा

निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।