काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

५ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध हुने एएफसी एसियन कप छनोट २०२७ का लागि प्रारम्भिक टोली घोषणा गरेका छन्। उनले आइतबार ३४ खेलाडीलाई बोलाएका हुन्।

यी खेलाडीलाई मंगलबारदेखि बन्द प्रशिक्षण राखिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङसहित फरवार्ड अञ्जन विष्ट, विंगर आयुष घलान, मिडफिल्डरद्वय एरिक विष्ट तथा योगेश गुरुङ र डिफेन्डर अनन्त तामाङ, अभिषेक लिम्बू र सनिश श्रेष्ठ बंगलादेश प्रिमियर लिग खेल्न पुगेका छन्।

यस्तै, मिडिफिल्डर लाकेन लिम्बू भने कम्बोडियामा छन्। यी खेलाडीलाई सम्पर्क गरिरहेको शाहले जानकारी दिए।

छनोटअन्तर्गत नेपालले भियतनामसँग ९ र १४ अक्टोबरमा दुई खेल खेल्दैछ। नेपालले अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ। हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा ‘होम म्याच’ खेल्नेछ।

नेपालको प्रारम्भिक टोली :
अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अञ्जन विष्ट, अञ्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र विक, दीपेश गुरुङ, जिलेस्पीजंग कार्की, किरण चेम्जोङ, कृतीशरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणि लामा, मनीष डाँगी, निराजन धामी, रोहित चन्द, रोहन कार्की, समीर तामाङ, समित श्रेष्ठ, सनीश श्रेष्ठ, सन्तोष खत्री, सुवास बम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ