२३ जेष्ठ २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। जनावरहरूमाथि भइरहेको क्रूरताविरुद्ध जनचेतना जगाउने उद्देश्यले काठमाडौँमा छैटौँ राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइएको छ।

काठमाडौँको स्वयम्भू क्षेत्रमा ‘एनिमल सेभ नेपाल’ को आयोजनामा शनिबार कार्यक्रम गरिएको हो। कार्यक्रममा सहभागीहरूले जनावरमाथिको हिंसा अन्त्य गर्न, करुणामय व्यवहार अपनाउन तथा क्रूरतामुक्त जीवनशैली प्रवर्द्धन गर्न आह्वान गरेका थिए।

त्यस अवसरमा विभिन्न प्लेकार्ड, नारासहितको प्रदर्शन तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले जनावरको अधिकार संरक्षणका लागि सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए।