काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा अदालतले दुई वर्ष कैद सजाय फैसला गरेका व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका-५ का ४१ वर्षीय ईश्वरकुमार घिमिरे छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घिमिरेलाई काठमाडौँ महानगरपालिका-३२ नरेफाँटबाट मंगलबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घिमिरे ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्दै आएका थिए।

घिमिरेविरूद्ध ललितपुर जिल्ला अदालतले १ पुस २०८१ मा दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो। ४६ लाख रुपैयाँ बिगोको बैंकिङ कसुर मुद्दामा अदालतले फैसला गरेपछि घिमिरे फरार थिए।
फैसला कार्यान्वयनको लागि बुधबार घिमिरेलाई अदालत पठाइएकोमा घिमिरे कारागार चलान भएका छन्।