काठमाडौँ
००:००:००
२७ जेष्ठ २०८३, बुधबार

२७ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। जेनजी आन्दोलनको क्रममा २४ भदौमा फरार भएका कर्तव्य ज्यान र डाँका मुद्दाका कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-४ का ३९ वर्षीय कृष्ण मगर छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मगरलाई मंगलबार दिउँसो पाँचखालस्थित घरैबाट पक्राउ गरिएको हो।

मगविरूद्ध सिन्धुपाल्चोक जिल्ला अदालतले १८ पुस २०७९ मा कर्तव्य ज्यानमुद्दामा जन्मकैद र डाँका मुद्दामा थप सात वर्ष कैद सजाय फैसला गरेको थियो। कैद भुक्तानको सिलसिलामा मगर केन्द्रीय कारागार सुन्धारामा थिए।

६ असोज २०७८ मा मगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० सिम्लेफाँटका नेत्रप्रसाद दाहाललाई कोदालोको पासोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। चोरी तथा डकैती गर्ने क्रममा मगरले दाहालको हत्या गरेको आरोप थियो। मगरलाई बुधबार केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।