काठमाडौं। सरकारले जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको हो।
कार्की विशेष अदालतका पूर्व अध्यक्ष हुन्। आयोगमा दुई सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी रहेका छन्। आयोगलाई काम सम्पन्न गर्न तीन महिनाको समयसीमा तोकिएको छ।
जेन-जी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो।