काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
फाइल फोटो
अ+
अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी मन पर्ने’ बताएका छन्।

‘ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स’ (बीएलएस) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिलमा ३.८ प्रतिशत रहेको मूल्यवृद्धि दर मे महिनामा बढेर ४.२ प्रतिशत पुगेको छ। अमेरिका र इजरायलको इरानसँग भइरहेको युद्धका कारण इन्धनको लागत बढ्दा महँगीमा तीव्रता आएको हो।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले भने, “मलाई यो मन परेको छ। तथ्याङ्कहरू उत्कृष्ट छन्। मलाई वास्तवमै के मन पर्छ थाहा छ? मलाई यो मुद्रास्फीति मन पर्छ।” यद्यपि, उनले इरानसँगको युद्ध समाप्त भएपछि बढेको मूल्य ‘ह्वात्तै घट्ने’ दाबी गरे। ट्रम्पको उक्त बयानको केही समयपछि नै अमेरिकी सेनाले इरानमा बमबारी गरेको थियो।

मूल्यवृद्धिको सन्दर्भमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले रात्रिकालीन अपरेसन सञ्चालन गरी इरानबाट लाखौँ ब्यारेल तेल हटाएका कारण तेलको मूल्यमा केही गिरावट आएको समेत दाबी गरे। “यो द्वन्द्व समाप्त भएपछि तेलको मूल्य पुरानै अवस्थामा फर्किनेछ,” उनले ह्वाइट हाउसमा पत्रकारसँग भने।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मानक मानिने ‘ब्रेन क्रुड’ को मूल्य भने अझै पनि युद्धपूर्वको अवस्थाभन्दा उल्लेख्य रूपमा माथि नै रहेको छ।