सेयरबजार
सेयरबजारमा बिहीबार ३४७ कम्पनीको ४१ हजार ५९ पटकको कारोबारमा ७७ लाख २६ हजार ९६० कित्ता सेयर किनबेच
काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) नेप्से एकल अंकले घटेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ५.०६ अंकले घटेको हो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ५.०६ अंकले घट्यो। बुधबार भने ०.०८ अंकले बढेको थियो। मंगलबार ६.३१ अंकले घटेको थियो। यस्तै सोमबार पनि १२.२६ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१८ प्रतिशतले घट्दै नेप्से २७००.४७ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले घटेर ४६३.६६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१६ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.१८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ प्रतिशतले घटेको छ।
सेयरबजारमा बिहीबार ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० पटकको कारोबारमा ७७ लाख २६ हजार ९६० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको कारोबार भयो।
बुधबार भने तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ७७ कम्पनीका सेयरमूल्य मात्र बढे। १८१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बिहीबार) १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा आठ समूहका सूचक घटे।
जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.०२ प्रतिशतले बढ्यो। विकास बैंक समूहको सूचक ०.५६ प्रतिशतले घट्यो भने फाइनान्स समूहको सूचक ०.२० प्रतिशतले बढ्यो।
यस्तै होटेल तथा पर्यटन ०.४४‚ जलविद्युत् ०.१२‚ लगानी ०.६२‚ जीवन बिमा ०.१४ र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.१० प्रतिशतले घट्यो।

नेप्सेमा बिहीबार लघुवित्त ०.०४ र म्युचुअल फन्ड समूहको सूचक ०.१९ प्रतिशतले बढ्यो। निर्जीवन बिमा ०.३० र अन्य समूहको सूचक ०.८६ प्रतिशतले घट्यो भने व्यापार समूहको उपसूचक ०.३१ प्रतिशले बढ्यो।
नेप्सेमा बिहीबार अपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले आम्दानी गरे। अर्थात् अपोलोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यस्तै सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै प्रभु बैंकको डिबेन्चरका लगानीकर्ताले ५.५४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको ३१ करोड ९८ लाख ४७ हजार ८७१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। बिहीबार यसको आठ लाख २९ हजार ८२७ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३८१ रुपैयाँ कायम रह्यो।