काठमाडौँ। तराई क्षेत्रमा जस्तै काठमाडौँ उपत्यकामा पनि पछिल्ला दिनमा गर्मी बढेको छ।
तापक्रम बढेसँगै राजधानीका पौडी पोखरीमा मानिसहरूको भिड बढेको छ।
यसै क्रममा काठमाडौँको चोभार क्षेत्रमा पानी जमेको स्थानमा बालबालिकाहरू पौडी खेल्दै रमाइरहेका छन्। अत्यधिक गर्मीका कारण उनीहरू पौडीको मज्जा लिइरहेका छन्।
मौसम परिवर्तनसँगै उपत्यकामा गर्मी बढेको छ। गर्मीले जनजीवन प्रभावित बनाएको छ। हेरौँ चौभारमा पौडीमा रमाइरहेका बालबालिकाका थप तस्बिर :
