काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आर्थिक वर्ष ०८३/८४ को विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

१३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै बिहीबार उक्त प्रस्ताव बहुमतले पारित भएको हो। यो बजेटको सबैभन्दा महत्त्वपूर्ण अंग मानिन्छ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सकिएसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ सभामा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरे। र, सभाबाट बहुमतले उक्त विधेयक पारित भएको घोषणा गरे।

यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएको थियो।

योसँगै सरकारले आगामी आवका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट खर्च गर्न पाउने भएको छ। यद्यपि यसअघि उक्त विधेयक राष्ट्रिय सभामा छलफल भई राष्ट्रपतिबाट प्रमाणीकरण भने हुनुपर्नेछ।

बजेटअन्तर्गत नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमा भने छलफल हुनै बाँकी छ।