काठमाडौँ। जेनजी आन्दोलनको क्रममा जलाइएको बानेश्वर प्रहरी वृत्तको भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितीले पुनर्स्थापना गरि आज हस्तान्तरण गरेको छ।
झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ।
पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।