६ असार २०८३
अ+
अ-

काठमाडौं। ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध पहिलो हाफमा तीन गोलको अग्रता लिएको छ।

अमेरिकाको फिलाडेल्फिया रंगशालामा जारी खेलको पहिलो हाफमा ब्राजिलले तीन गोलको अग्रता लिएको छ।

ब्राजिलका लागि दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे। २३औं मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका कुन्हाले ३६औं मिनेटमा दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएका थिए। ब्राजिलका लागि भिनिसियस जुनियरले पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरे।