६ असार २०८३
अ+
अ-

काठमाडौँ।  नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा आज नेपाललाई कास्य पदक दिलाएकी छिन्।

इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।