पोखरा। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।
भारतीय दूतावासले अघिल्लो वर्ष जसरी यसपटक पनि पोखरा महानगरपालिकासँगको सहकार्यमा रंगशालामा योग कार्यक्रम आयोजना गरेको हो।
पोखरा रंगशालामा आयोजना भएको कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतको उपस्थित थियो।
मुख्यमन्त्री पाण्डेले नेपालको लागि भारतको राजदुतावासले हरेक वर्ष पोखराको रंगशालामामा आफ्नो तर्फबाट योग दिवस मनाउने कार्यक्रमले सम्बन्धमा सकारात्मक प्रभाव पार्ने बताए।
‘भारतीय राज्दुतावासबाट जुन कार्यक्रम आयोजन भइरहेको छ त्यसले नेपाल र भारतको जुन सम्बन्ध छ। पिपल टु पिपल सम्बन्धलाई यसले उजागर गर्छ,’ मुख्यमन्त्री पाण्डेले भने।