काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई। तस्बिर : रासस
अ+
अ-

चितवन। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो चुनावी नारा परिमार्जन गर्दै सुशासन र विकासमा केन्द्रित हुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाएका छन्।

रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा उनले देशको जटिल भूराजनीति, आन्तरिक विविधता र कमजोर तथा भ्रष्टाचारले जर्जर बनेका राज्यका अंगहरूबीच सुशासन र समृद्धि ल्याउनु नै मुख्य चुनौती रहेको बताए।

उनले जनताले रास्वपालाई सुशासनकै लागि मत दिएको उल्लेख गर्दै चुनावका बेला चर्चामा रहेको ‘चुपचाप घण्टीमा छाप’ भन्ने नारालाई अब ‘चुपचाप सुशासन र विकास’ मा अपग्रेड गर्नुपर्ने धारणा राखे।

उनले पार्टीभित्र र बाहिरका शक्तिहरूले रवि र बालेनमध्ये ‘को ठूलो’ भनी सन्तुलन बिगार्न खेल खेल्न सक्ने खतरा औँल्याउँदै दुवै नेतालाई पटक-पटक भेट्न र संवाद गरिरहन सुझाव दिए।रास्वपाको आगामी पाँच वर्षको भविष्य नेताहरूको एकतामै सुरक्षित रहेको उनको भनाइ थियो।

यस्तै भट्टराईले आफ्नो पुस्ताका कतिपय समकालीन नेताहरूले षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर ‘जेन्जी विद्रोह’ र रास्वपाको उदयलाई पचाउन नसकेको टिप्पणीसमेत गरे।